बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटायो- विद्या भण्डारी

१४ आषाढ़, २०८३, आइतवार
सारांश
  • भण्डारीले हालै सम्पन्न चुनावले सबै कम्युनिष्टहरुलाई जनतासँग जोडिनुपर्छ भन्ने सन्देश दिएको बताउदै एउटा चुनावले मात्र कम्तुनिष्टको महत्व कम भयो भन्न नहुने जिकिर गरिन ।

काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटाएको बताएकी छन् ।

 

जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले नै नेपालमा कम्युनिष्टप्रति विश्वास बढाएको बताउदै पुँजीवादी पक्षधरहरुले फैलाएकासबै भ्रमको निवारण गरेको बताएकी छन् ।

 

भण्डारीले हालै सम्पन्न चुनावले सबै कम्युनिष्टहरुलाई जनतासँग जोडिनुपर्छ भन्ने सन्देश दिएको बताउदै एउटा चुनावले मात्र कम्तुनिष्टको महत्व कम भयो भन्न नहुने जिकिर गरिन ।

 

उनले बदलिदो परिस्थिति, प्रविधिको विकास र जनतासँगको जीवन्त सम्बन्धले आन्दोलनलाई सान्दर्भिकता बनाउदै लैजाने बताउदै अहिलेको अवस्थामा बहुदलीय जनवादको महत्व अझ बढेको बताईन । उनले जनताको विश्वास पुन हासिल गर्ने आधार परिणाममुखी काम र विश्वसनीय नेतृत्व हुनुपर्ने  बताउदै भण्डारीले समय अनुसार आफुलाई ढाल्न सके मात्र कम्युनिष्ट आन्दोलनले फेरी सफलता हासिल गर्न सक्नेमा जोड दिइन ।

 

भण्डारीले अबको देशको बाटो नै बहुदलीय जनवादको बाटो भएको भन्दै आफु नेपालको राजनीतिक अवस्था र परिस्थितिमा प्रत्यक्ष कार्यकारीको पक्षमा नरहेको समेत उल्लेख गरेकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार